यु–१९ विश्वकप छनोटः युएइलाई २४८ रनको लक्ष्य…

In खेलकुद
३० चैत्र २०७५, शनिबार १२:२६

आइसीसी यु–१९ विश्वकप छनोट अन्तर्गत आज युएइविरुद्ध खेलिरहेको नेपालले युएइलाई २४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको हो । नेपालको लागि २ ब्याट्सम्यानले अर्धशतक बनाए ।
हरिबहादुर चौहान ६७ रनमा नटआउट रहे । भीम सार्कीले ५३ रन बनाए । ओपनर रित गौतमले ४४, पवन शर्राफ १२, आसिफ शेख २७, कप्तान रोहित पौडेलले १८ रन बनाए । युएइका लागि ऋषभ मुखर्जीले ४ विकेट लिए । मुहम्मद फराहजुद्दिनले ३ विकेट तथा पलानैयप्पन मेइयप्पन, अलिशान शराफु र आरोन बेन्जामिनले १–१ विकेट लिए । अब केहीबेरमा युएइ नेपालविरुद्ध ब्याटिङमा उत्रनेछ ।
विश्वकपका लागि छनोट हुन नेपालले यो प्रतियोगिताको विजेता बन्नुपर्नेछ । अहिलेसम्म नेपाल शीर्ष स्थानमै छ । हिजोको पहिलो खेल जितेको नेपाल नेट रनरेटका आधारमा अंक तालिकाको शीर्ष स्थानमा छ । हिजो सिंगापुरलाई पराजित गरेको नेपालले आज युएइलाई जित्नैपर्ने दबाब छ किनकि युएइ पनि हिजोको खेलमा मलेसियालाई जितेर २ अंक बटुलिसकेको छ।