समाज
३ पुष २०७६, बिहीबार ११:५०
455 views 0 secs 0

पाल्पामा दुईवटा बस एक आपसमा ठोक्किदा कम्तिमा १३ जना घाइते…

बुधवार साँझ पाल्पामा दुईवटा बस एक आपसमा ठोक्किदा कम्तिमा १३ जना घाइते भएका छन् । बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको लु २ ख ११७६ नम्बरको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८४२७ नम्बरको बस एक आपसमा ठोक्किएको हो । घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ८ का २२ वर्षीय होमबहादुर बिक,  […]

समाज
३ पुष २०७६, बिहीबार ११:३६
614 views 0 secs 0

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले जन्मकैदको फैसला…

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई रु चार लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका […]

समाज
३ पुष २०७६, बिहीबार ११:०१
436 views 0 secs 0

बाराबाट ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ…

बाराबाट प्रहरीले ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर ग्राम कोरैया लौखान वडा नं.८ बस्ने ४० वर्षीय गुलाबी प्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बसपार्क बाराबाट खटिएको प्रहरी टोलीले कुशवालाई नियन्त्रणमा लिएको हो […]

समाज
३ पुष २०७६, बिहीबार १०:३१
517 views 0 secs 0

सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा प्रहरी जवान पक्राउ…

बाराबाट एक जना प्रहरी जवान सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागी रहेको भन्ने […]

समाज
३ पुष २०७६, बिहीबार १०:२४
773 views 0 secs 0

भीरबाट लडेर एक युवकको मृत्यु…

गोरखाको धार्चे गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु  भएको छ । धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय  उज्वल गुरुङका अनुसार करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा उनी चिप्लेर भीरबाट खसेका थिए  । उनको घटनास्थलमा नै  मृत्यु  भएको हो ।

समाज
२ पुष २०७६, बुधबार १७:२८
650 views 2 secs 0

छुट्टाछुट्टै सवारी दुर्घटना परी ४ जनाको मृत्यु…

कञ्चनपुर, सिन्धुली र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी ४ जनाको मृत्यु भएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका-१० स्थित सडकमा डिएल ०१आरटि ८९४२ नम्बरको कार र म.२ प ९४९५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-४ भगतपुर बस्ने ४९ वर्षीय चन्द्र बहादुर तामाङको […]

समाज
२ पुष २०७६, बुधबार १६:४७
662 views 0 secs 0

रुकुममा एकै रात तीन महिलाको बेडरुमसम्म पुगेर बलात्कार प्रयास गर्ने एक युवालाई पक्राउ…

रुकुम (पश्चिम) मा एकै रात तीन महिलाको बेडरुमसम्म पुगेर बलात्कार प्रयास गर्ने एक युवालाई पक्राउ गरेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।आठबिसकोट नगरपालिका–७ डाँफे टोलमा २२ बर्षीय केशव आरसीले एकै रात ४५ मिनेटको अन्तरालमा तीन छुट्टाछुट्टै घरमा महिलालाई उनीहरुकै बेडरुममा पुगेर बलात्कार प्रयास गरेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पीडित पक्षले दिएको […]

समाज
२ पुष २०७६, बुधबार १६:३५
614 views 0 secs 0

लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई पक्राउ…

प्रहरीले ३ किलोग्राम लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी बोलिभियन नागरिक ४१ वर्षकी हेरेरा आर्टेगा ओल्गालाई मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको टोलीले  पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएकी थिइन् ।  

समाज
२ पुष २०७६, बुधबार १५:५६
498 views 0 secs 0

प्रहरीलाई घुस दिन खोजेको अभियोगमा गोरु ब्यापारीलाई पक्राउ …

प्रहरीलाई घुस दिन खोजेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गोरु ब्यापारीलाई पक्राउ गरेको छ । स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा गोरु ब्यापारी रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेली पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।बुधबार प्रहरी निरीक्षक आफ्नै कार्यकक्षमा रहेका बेला गोरु ब्यापारमा सहयोग […]

समाज
२ पुष २०७६, बुधबार १५:२०
472 views 0 secs 0

घरेलु हतियारसहित तीनजनालाई पक्राउ…

सशस्त्र प्रहरीको टोलीले एकथान घरेलु हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र बेस क्याम्प फतुआटो चेक प्वाइट टोलीले एकथान कटुआ पेस्तोल गोली र अन्य विभिन्न सामानसहित तीनैजनालाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेमा परोहा नगरपालिका ६ बसन्तपटीका ३८ वर्षीय राम अधार साह, वडा ४ लौकाहाका ६६ वर्षीय छोटेलाल साह र बारा सुवर्णपुर गापा ६ का […]