402 views 0 secs 0 comments

घरेलु हतियारसहित तीनजनालाई पक्राउ…

In समाज
२ पुष २०७६, बुधबार १५:२०

सशस्त्र प्रहरीको टोलीले एकथान घरेलु हतियारसहित तीनजनालाई पक्राउ गरेको छ ।
सशस्त्र बेस क्याम्प फतुआटो चेक प्वाइट टोलीले एकथान कटुआ पेस्तोल गोली र अन्य विभिन्न सामानसहित तीनैजनालाई गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेमा परोहा नगरपालिका ६ बसन्तपटीका ३८ वर्षीय राम अधार साह, वडा ४ लौकाहाका ६६ वर्षीय छोटेलाल साह र बारा सुवर्णपुर गापा ६ का ३७ वर्षीय उमेधर यादव रहेका छन । उनीहरुको साथबाट एकथान घरेलुु कटुआ पेस्तोल, ८ एमएमको २ थान सोही पेस्तोलमा लाग्ने गोली, चक्कु २ थान, वायर काट्ने ठुलो कटर १ थान, मोबाइल३ थान, पेचकस १ थान समेत बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपीले बताए ।