1298 views 0 secs 0 comments

बाबा लाई त धेरैले भन्छन् रे छोरी पढाएर के हुन्छ ? पठाउ अर्काको घर , म मन पराउँछु…

In बिचार, समाज
११ आश्विन २०७५, बिहीबार १८:५५

म मन पराउँछु…

म बोल्न मन पराउँछु , स्वतन्त्र हुन मन पराउँछु
घरमै सिमित हैन बाहिर आएर केहि गर्न मन पराउँछु
त्यसैले त म समाजले सोचे भन्दा फरक छु ।

मेरो समाजले त भन्छ नी कहिले काहि
घुम्टो ओढेर छाउगोठमा जाउँ
तर म त्यो घुम्टो भित्र रहेको छाउँगोठ भत्काउँन
मन पराउँछु ।

बा लाई त धेरैले भन्छन रे
छोरी पढाएर के हुन्छ,पठाउ अर्काको घर
तर
कसैको घर जानु अघि म आफैलाई
सक्षम बनाउँन मन पराउँछु ।

आफूलाई चिनाउँन पर्दा
उस्को म आफ्नै मान्छे भनेर हैन
म मेरो जिन्दगीमा सधै आफ्नै
नामले बाच्न मनपराउँछु
हो यसैले त म अरु भन्दा फरक छु ।

त्यो अरुले गरेको मेहनतको
पारिश्रमीक गनेर खुशि रफदार बनाउँन हैन नी
म मेरै श्रममा बाच्न मनपराउँछु । : बिनु लुइँटेल