575 views 0 secs 0 comments

पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी…

In समाज
८ पुष २०७६, मंगलवार १७:४५

पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी भएको छ ।
छिपहरमाई गाउँपालिका-१ मिर्जापुर बस्ने संजित महतो कोइरीको खपडाले छाएको घर र भान्साघरमा मंगलबार बिहान आगलागी हुँदा ५ लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
कोइरीको भन्सा घरबाट अचानक आगलागी हुँदा भन्सा घर र घरभित्र रहेका ना ६२ प ४२५३ र बीआर२२के९५३२ नम्बरको दुईवटा मोटरसाइकल,  भण्डारण गरी राखेको २५ क्विन्टल धान तथा ५ क्विन्टल चामल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयवासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको र आगलागी कसरी हुन पुग्यो भन्नेबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।