470 views 0 secs 0 comments

गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ…

In समाज
८ पुष २०७६, मंगलवार १७:३९

गुल्मीमा ७२ वर्षीय वृद्धको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर–७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन् । भण्डारी गत पुस ५ गते आफनै गोठमा मृत अवस्थामा फेला परेका थिए ।अनुसन्धानको क्रममा भण्डारीको हत्यामा घर्ती संलग्न रहेको देखिएकाले उनलाई पक्राउ गरिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए ।गोठमा दुवै जनाबीच आपसी विवाद हुने क्रममा घर्तीले ढुंगा प्रहार गरी भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।