655 views 0 secs 0 comments

वीरगञ्जका अग्नि नियन्त्रक बुनिलाल हत्या भएको पुष्टि…

In समाज
१० कार्तिक २०७६, आईतवार १०:४०

वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो ।
नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, ‘अस्पतालमा शव परीक्षण गर्दा शरीरमा गोली भेटिएको छ, हामी अनुसन्धानको क्रममै छौं ।’