542 views 0 secs 0 comments

लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई पक्राउ…

In समाज
२ पुष २०७६, बुधबार १६:३५

प्रहरीले ३ किलोग्राम लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी बोलिभियन नागरिक ४१ वर्षकी हेरेरा आर्टेगा ओल्गालाई मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको टोलीले  पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएकी थिइन् ।