588 views 0 secs 0 comments

मदिरा सेवन गरी यात्रुवाहक बस चलाउने चालकलाई प्रहरीले पक्राउ…

In समाज
११ आश्विन २०७६, शनिबार १५:१५

मदिरा सेवन गरी यात्रुवाहक बस चलाउने चालकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ।

झापाको कन्काई नगरपालिका–४ का ३३ वर्षीय चालक पुण्यप्रसाद सिटौलालाई प्रहरीको टोलीले शुक्रबार बिहान पक्राउ गरेको थियो।
पूर्व–पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१३ स्थित चारआली चोकमा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो।
उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूर गरेको अभियोगमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
काँकडभिट्टाबाट नारायणघाटतर्फ जाँदै गरेको ना५को ४८८१ नम्बरको बसभित्र सवार यात्रुहरूको ज्यान जोखिममा पारेर चालक सिटौलाले मदिरा सेवन गरी सवारी चलाएको प्रहरीले जनाएको छ।