प्रदेश ६ को पहिलो प्रदेशसभा बैठकका लागि प्रस्ताव गरिएको सुर्खेतस्थित शैक्षिक तालिम केन्द्रको भवन । केन्द्रमा रहेको अडिटोरियम हल । तस्बिर : जनक नेपाल/कान्तिपुर मंसिर २३, २०७४-प्रदेश ६ का कर्णालीसहित ७ जिल्लामा पहिलो चरणको प्रदेशसभा चुनावसँगै सुर्खेतमा मुख्यमन्त्री र प्रादेशिक संसद् भवनको खोजी भइरहेको छ । क्षेत्रीय प्रशासन कार्यालयले गठन गरेको कार्यदलले हाल भएकै सरकारी […]
१. पार्टी नेतृत्वको कमजोरी२. एजेन्डाविहीन चुनावी अभियान३. सरकारका अलोकप्रिय कामहरू मंसिर २३, २०७४-प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दुवै चरणको निर्वाचन सम्पन्न भएलगत्तै ‘कांग्रेसले प्रत्यक्षतर्फ ६५ देखि ७० सिट जित्ने’ अनुमान आफू निकट नेताहरूलाई सुनाएका थिए । शुक्रबारको प्रारम्भिक नतिजा हेर्दा देउवाको अनुमान गलत मात्रै भएन, कांग्रेसको अवस्था निकै कमजोर देखिएको छ । २०७० को […]
मंसिर २३, २०७४-आम निर्वाचनको प्रारम्भिक नतिजासँगै भावी प्रधानमन्त्री र नयाँ सरकारको स्वरूपबारे अड्कलबाजी सुरु भएको छ । तर समानुपातिकतर्फको मतगणना सकेर नयाँ सरकार गठन प्रक्रिया सुरु हुन भने पुस तेस्रो साता कुर्नुपर्ने छ । मतदानको एक साताभित्रै प्रत्यक्षतर्फका सबै परिणाम सार्वजनिक गर्ने गरी मतगणना गरिरहेको निर्वाचन आयोगले पुस दोस्रो साताभित्र सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस […]
मंसिर २३, २०७४-अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ । ‘भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका नागरिकलाई अमेरिका समर्थन गर्छ,’ अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ । अहिलेको समयलाई ‘प्रादेशिक र संसदीय निर्वाचनको सफलतापछि मतपरिणामको हिसाबकिताबमा व्यस्त रहँदै गरेको र मुलुकको नयाँ संघीय शासन प्रणालीमा हजारौं […]
मंसिर २३, २०७४-प्रदेशसभा–२ तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई भारी मतले विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी लोकतान्त्रिकका गोविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २० हजार ३ सय ३४ मत ल्याएका छन् । कार्कीले ७ हजार १ सय ५ मतमा चित्त बुझाए । यहाँ ३१ […]
मंसिर २३, २०७४-गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २० हजार ८ सय ९७ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले १७ हजार ८ सय २९ मत पाएका छन् । http://bit.ly/2AGua3j
मंसिर २३, २०७४-माओवादी केन्द्रका नेता अग्नी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् । उनले ४० हजार ५ सय ४ मत पाएका छन् । उनले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई १० हजार ७ सय बढी मतान्तरले हराएका हुन् । बस्नेतले २९ हजार ७ सय ९८ मत पाए । सापकोटा पूर्व मन्त्री […]
मंसिर २३, २०७४-काठमाडौं ८ बाट एमाले उम्मेदवार जीवनराज श्रेष्ठ विजयी भएका छन् । उनले १३ हजार ३ सय ०७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाए । http://bit.ly/2AGR62m
मंसिर २३, २०७४-रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा जनार्दन शर्मा निर्वाचित भएका छन् । शर्माले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरे । शर्माको पक्षमा ३४ हजार ४ सय २ मत आएको छ भने गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् । हालसम्म घोषणा भएका मत परिणाम […]
मंसिर २३, २०७४-प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार पाँचथरबाट वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धी नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई दस हजार ६ सय १६ मतको फराकिलो अन्तरले विजय प्राप्त गरेका हुन् । वसन्तकुमार नेम्वाङको लागि यो तेस्रो जित हो । अन्तिम मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट […]