819 views 2 secs 0 comments

शेरधन राई भारी मतले विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:१०

मंसिर २३, २०७४-प्रदेशसभा–२ तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई भारी मतले विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी लोकतान्त्रिकका गोविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २० हजार ३ सय ३४ मत ल्याएका छन् । कार्कीले ७ हजार १ सय ५ मतमा चित्त बुझाए । यहाँ ३१ हजार मत खसेको थियो ।

 यी दुई उम्मेदवारहरुको चुनावी प्रतिस्पर्धालाई प्रतिष्ठाको लडाइँका रुपमा हेरिएको थियो । कार्कीलाई वामपन्थी गढ भत्काउन र राईलाई साख जोगाउने चुनौती थियो । यसअघिका भएका निर्वाचनहरु ०४८, ०५१, ०५६ र ०७० मा एमालेले र ०६४ मा माओवादीले जितेका थिए । ०१५ सालको चुनावमा जितेर ३० बर्षसम्म लगातार वामपन्थिलाई जिम्मा दिएको किल्ला फर्काउनुपर्ने भार कार्कीले फर्काउन सकेनन् । शेरधनले ०५६, ०६४ र ०७० मा यसै क्षेत्रबाट पटक पटक निर्वाचन लडेका थिए ।

उनले ०६४ बाहेकक निर्वाचनमा विजयी हासिल गरेका थिए । यो पटकको जित उनको तेस्रो जित हो । प्रदेश नं. १ मा मुख्यमन्त्रीको चर्चामा आएका उनी जितसँगै सम्भावना प्रवल रहेको एमाले स्रोतले जनाएको छ । राई पूर्वसञ्चारमन्त्री र २ पटक सांसद भइसकेका राजनीतिक व्यक्तित्व हुन् । जितसँगै जारी संविधानको कार्यान्वयन गर्ने, स्थायी शान्ति, राजनीतिक स्थिरता र देशमा सुशासन कायम गर्ने उनले बताएका छन् ।

http://bit.ly/2AGvumV