197 views 0 secs 0 comments

आजदेखि बाघ गणना सुरु हुँदै…

In देश
१९ मंसिर २०७८, आईतवार ०९:१७

आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ ।
नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु हुनेछ । बाघको बासस्थल रहेको सबैजसो क्षेत्रमा जङ्गली हात्ती आउजाउ गर्छन् । कतिपय अवस्थामा गैँडाले समेत आक्रमण गर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ ।