अख्तियार वार्षिक प्रतिवेदन काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार आर्थिक वर्ष ०७३/७४ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ।प्रतिवेदन बुझ्नेक्रममा राष्ट्रपति भण्डारीले अख्तियारले दिएका सुझाव सरकारले गम्भीरपूर्वक कार्यान्वयन गर्ने विश्वास व्यक्त गरिन्। भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न रणनीति अवलम्बन गरी सदाचार र निष्पक्ष ढंगले सुशासन कायम गर्न अझ प्रभावकारी भूमिका निर्वाह गर्न आयोग […]
फाइल फोटो गौचन हत्यामा प्रयोग भएको हतियार डेढ महिनाअघि नै काठमाडौंमा बारा : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल […]
काठमाडौं : काभ्रे नमोबुद्धका १८ वर्षीय शरद कोइरालाको सानैदेखि इच्छा थियो, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने। इच्छा राख्दैमा उद्देश्य चुम्न सकिँदैन भन्ने पनि उनलाई थाहा छ। तर, जीवनको एक मात्र लक्ष्यलाई सार्थक पार्न पूर्व तयारी स्वरूप उनले अहिले एउटा अभियान थालेका छन्, ‘हिँडेरै मुलुकको ७७ जिल्लाको सदरमुकाम छुने।’ सगरमाथा चुम्ने लक्ष्य लिएका व्यक्तिले किन […]
चरिकोट : संघीय संरचनाअनुसार पहिलोपटक भएको निर्वाचनपछि निजी क्षेत्र उत्साही बनेको छ। निर्वाचनपछि पाँच वर्षका लागि स्थिर सरकार निर्माण हुने र त्यस क्रममा धेरै काम गर्न सकिने भन्दै निजी क्षेत्र उत्साही बनेको हो। लामो समयदेखि जनप्रतिनिधिविहीन दोलखामा सरकार परिवर्तनै पिच्छे परिवर्तन हुने सरकारी नीति र कर्मचारीका कारण ठोस काम हुन नसकेको थिएन। अब बन्ने सरकार […]
काठमाडौं: महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) टुंगो नलागे पनि यसको विस्तृत वातावरणीय व्यवस्थापन योजना तर्जुमा भने सरकारले अन्तिम चरणमा पुर्याएको छ । नेपाल र भारतबीच महाकालीको पानी बाँडफाँट र तल्लो तटीय लाभका मुद्दामा टुंगो लागेपछि डीपीआर तयार हुने अपेक्षा गरिएका बेला विद्युत् विकास विभागले आयोजना कार्यान्वयनको अर्को महत्वपूर्ण अबयव मानिएको वातावरणीय योजना तयार […]
काठमाडौं : लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको छ। चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो। बैंक तथा वित्तीय संस्थामा हाल ३४ अर्ब तरलता […]
सिन्धुपाल्चोक : हिमनदीमा पानीको बहाव हिउँदमा पनि कम नहुने भएकाले जलविद्युत् व्यवसायी ब्रम्हायणी नदीमा लगानी गर्न आकर्षित भएका छन् । राजधानीबाट नजिक र कम लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने भएकाले ब्रम्हायणी र सहायक खोलामा व्यवसायीको आकर्षण बढेको हो । ब्रम्हायणी करिडोरमा उत्पादन अनुमति पाएका सानाठूला नौ आयोजना निर्माणाधीन र निर्माण सुरु गर्ने चरणमा छन् […]
काठमाडौं : सरकारले १५ वर्षभित्र देशमा विभिन्न स्थानमा २७ वटा नयाँ सहर बनाउन दुई खर्ब १६ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। मध्यपहाडी र हुलाकी लोकमार्गमा १०/१०, तराई-मधेस (महेन्द्र राजमार्ग आसपास)मा पाँच, सुर्खेतको भेरीगंगा उपत्यका र प्यूठानको भिङ्ग्रीमा १/१ गरी २७ वटा नयाँ सहर निर्माण गर्ने तयारी गरिएको छ। सरकारले आर्थिक वर्ष २०६७/६८ बाट मध्यपहाडी […]
पर्वतको भुकताङ्लेका युवा बाख्रा चराउन लैजाने तयारी गर्दै। कुश्मा : मोदी गाउँपालिकाको भुकताङ्लेका भुलबहादुर पौडेलले टर्की जान ऋण खोजेर दलाललाई आठ लाख ५० हजार रुपैयाँ बुझाए। युरोप जाने चक्करमा उनको झन्डै १० लाख रुपैयाँ खर्च भयो। तर, उनको सपना त्यतिबेला चकनाचुर भयो जब दलालले विदेश नउडाएरै भाग्यो। त्यसपछि भने उनी स्वदेशमै बाख्रापालन गर्न थाले। अहिले […]
सिँचाइ कुलो भत्किएपछि बाँझो रहेको मुन्द्रेस्यालतडीको खेतीयोग्य जमिन। बैतडी : जिल्लाको दक्षिणी क्षेत्र मेलौली नगरपालिकाको वडा नं १ मुन्द्रेस्यालतडीमा मंसिरको आधाआधीमै खेत हरियाली भइसक्थ्यो। तोरी फुलेर गाउँ नै पहेँलपुर हुन्थ्यो। तर १२ वर्षयता सो गाउँमा रहेको २०५ रोपनी मैदानी फाँट बाँझो छ। गाउँमा रहेका सबै घर जीर्ण भइसकेका छन्। २०६२ साल भदौंमा आएको पहिरोले गाउँमा […]