784 views 0 secs 0 comments

ट्रम्पको चेतावनी–जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग दिँदैनौँ

In विश्व
६ पुष २०७४, बिहीबार १५:१७

पुस ६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आफूहरुले दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले ह्वाइट हाउसमा पत्रकाससँग कुरा गर्दै संयुक्त राष्ट्रसंघमा हुने छलफलमा जेरुशेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिनुभएको हो । डिसेम्बरको सुरुमा अन्तर्राष्ट्रिय आलोचनाको बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुशेलमलाई इराजरायलको राजधानीको रुपमा घोषणा गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघमा जेरुशेलम इजरायलको राजधानी हुने वा नहुने भन्ने विषयमा मतदान हुने तय भएको छ । ट्रम्पले अमेरिकासँग आर्थिक सहयोग लिने तर राष्ट्रसंघमा जेरुशेलमको विषयमा हुने मतदानमा विपक्षमा भोट हाल्ने देशलाई दिँदै आएको सहयोगक रोक्ने बताउनुभयो । उहाँले यसबाट आफूहरुलाई केही असर नपर्ने पनि बताउनुभएको छ ।