
स्टकहोम–अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ।
याले विश्वविद्यालयका प्राध्यापक नोर्दस पर्यवरणीय अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित छन भने न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रोमर दिगो विकास कसरी हासिल गर्ने भन्ने शिद्धान्तका प्रवद्र्धक हुन्।