640 views 0 secs 0 comments

गर्भाधानको २४ वर्षपछि जन्मिइन् बालिका

In समाज, स्वास्थ्य/जीवनशैली
६ पुष २०७४, बिहीबार १४:३२

पुस ६ – चौबिस वर्ष पहिले सरक्षित गरिएको भ्रूणबाट अहिले बच्चा जन्मिएको छ । आइभिएफ प्रविधि सुरु भएपछि गर्भाधान र जन्मबिच भएको यो सबैभन्दा लोमो अन्तर हो । अमेरिकाको एक परिवारले यो भ्रूण एक संस्थालाई दान दिएको थियो ।यो भ्रूणबाट जुन महिलाले बालिकालाई जन्माएकी छन् उनी नै भ्रूण तयार भएका बेला ढेड वर्षकी थिइन् । २४ वर्षपहिले सुरक्षित गरिएको भ्रूणबाट बालिका जन्माउने महिलाको नाम टिना गिब्सन हो । उनले जन्माएको छोरीको नाम एमा रेन गिब्सन राखिएको छ ।

एमाको भ्रूण फ्रिज गरेर २४ वर्षदेखि सुरक्षित रुपमा राखिएको थियो । एमाकी आमा टिनाले सिएनएनसँगको अन्तर्वातामा भनेकी छन् ‘तपाईं आफै अनुमान गर्न सक्नुहुन्छ की म २६ वर्षकी छु, एमाको जन्म त्यहिबेला भएको भए म र उ राम्रो साथी पनि हुन सक्थ्यौँ ।’ एमाको जन्म गएको नोभेम्बरमा भएको हो । टिनाले भनिन् ‘मलाई सन्तान चाहिएको थियो, यसले विश्व कीर्तिमान बन्यो वा बनेन यसमा कुनै प्रवाह छैन ।’ टिनालाई टेनेसीमा रहेको राष्ट्रीय भ्रूणदान केन्द्र नामको संस्थाले एमाको भ्रूण उपलब्ध गराएको थियो ।