बागलुङ, पुस ६ – बागलुङ जिल्लाको सर्कुवामा घर लिप्ने माटो खन्ने क्रममा पुरिएर बिहीबार दुई महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएका छन् ।
घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको मृत्यु भएको हो । माटोमा पुरिएर घाइते भएका तारा सुनारको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
मृतक सुनार र नेपालीको पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।