
सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।
जाडो छल्न आगो तापीरहेकी जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १७ निवासी राजमतिदेवी साहको जलेर मृत्यु भएको छ ।
४० बर्षीया साह बुधबार साँझ आफ्नो आँगनमा आगो तापीरहँदा उनको शरीरमा आगो सल्केको थियो । एक्कासी सल्केको आगोले शरीरको अधिकांश भाग जलेको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएपनि बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।