611 views 0 secs 0 comments

दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा,एक जना गम्भीर घाइते…

In समाज
४ मंसिर २०७६, बुधबार १४:०६

दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ । घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो । त्यसक्रममा तामाङ च्यापिएकी थिइन् ।
बसमा ६ जना सवार थिए । तामाङको उद्दार गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।