
आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् ।
आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्रयाक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्रयाक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको a आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए ।