भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या…

In विश्व, समाज
११ कार्तिक २०७६, सोमबार १३:१०

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ ।
बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् ।
उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । उनीहरुको हत्याबारे आइतबार मात्रै थाहा भएको जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख धनबहादुर बोहराले बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ ।’
उनीहरुले पिथौरागढमा डेढ वर्षयता मजदूरी गर्दै आएका थिए । बीरा केही महिनाअघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएका थिए र उतै मजदूरी गर्दै आएका थिए ।