263 views 0 secs 0 comments

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु, ५८ जना घाइते…

In विश्व
२४ मंसिर २०७८, शुक्रबार १२:३९

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् ।
मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् ।
गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । यो ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए ।