273 views 0 secs 0 comments

पोखरामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु…

In समाज
२४ मंसिर २०७८, शुक्रबार ११:५५

पोखरामा भएको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
बिहान पौने ५ बजे पोखरा महानगरपालिका–२६ विजयपुरमा लु २ ख २९४८ नम्बरको फलामे छड बोकेको ट्रक अनियन्त्रित भइ पल्टिँदा लमजुङका ४२ वर्षीय भीमबहादुर तामाङको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएका अर्का व्यक्तिको परिचय खुलेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।