518 views 1 sec 0 comments

महानगरवासीलाई उत्कृष्ट सेवा दिने प्रमुख शाक्य र उपप्रमुख हरि प्रभा खड्गीको प्रतिबद्धता

In समाज
२९ मंसिर २०७४, शुक्रबार १४:५२

काठमाडौं मुलुकको केन्द्रीय राजधानी शहरका साथै मुलुककै पहिलो महानगर हो । काठमाडौं कलासंस्कृतिको, इतिहास तथा प्राचीन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको छ । काठमाण्डौ महानगरपालिकाले महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर २३ औ महानगर दिवस मनाएको छ ।

राष्ट्रिय सभागृहमा २३ औ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले बिशेष कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गीले महानगरवासीललाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले महानगर दिवसको अवसरमा शुभकामना दिदै निरन्तर प्रतिबद्ध भएर लागे नीतिगत व्यवस्थाको संचालन सम्भव हुने बताउनु भयो । उहाँले महानगरपालिकाले जनताको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्दै आएकोमा खुशी ब्यक्त गर्नु भयो ।

महानगरलाई धुलोमुक्त बनाउने उद्येश्यका साथ महानगरका विभिन्न स्थानमा काठमाडौँ महानगरपालिकाले निरन्तर रूपमा कार्य गर्दै आएको जनाएतापनि काठमाडौको अवस्था भने जस्ताको तस्तै छ । धुलो, धुवाँ, जाम, जस्ता बिविध समस्याले गर्दा सबैले यसलाई कुरुप राजधानीको संज्ञा दिईरहेका छन ।

शहरको चिनारी र शोभाकोरुपमा रहेको स्वयम्भू, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ ।इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रहेको छ । तर अझसम्म राजधानीमा पुर्वाधारकै समस्याहरु देखिन्छ । यसतर्फ सबैको ध्यान केन्द्रित हुनु जरुरी छ ।News24 Nepal