पुस ६, २०७४ उदयपुर : जिल्लाको रौतामाई गाउँपालिका– २ मा आफ्नै पत्नीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। रौतामाई गाउँपालिका २ भुट्टारकी ४२ वर्षीया गंगा खत्री दाहालको हत्या आरोपमा पति सीताराम दाहाल पक्राउ परेका हुन्। सोमबार बिहान घरमै झुण्डिएर मृत अवस्थामा फेला परेकी दाहालको पतीले नै हत्या गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ‘माइतीपक्षले श्रीमानकै कर्तव्यका कारण बहिनीको ज्यान गएको भन्दै उजुरी दिए,’उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले भने, ‘प्रारम्भिक अनुसन्धानबाट हत्या गरेको देखिएको छ।’ एसपी भट्टका अनुसार दाजु ओमराज राउतलगायत माइती पक्षले वर्षौंदेखि आफ्नी बहिनीमाथि हिंसा गर्दै आएको आरोप समेत लगाएका छन्। माइती पक्षले दिएको किटानी जाहेरीमा पति सीताराम र उनका भाइ ज्ञानबहादुर दाहाल खत्रीलाई हत्याको अभियोग लगाइएको छ। सीताराम पक्राउ परे पनि ज्ञानबहादुर फरार रहेको प्रहरीले जनाएको छ।
Read more at: http://thahakhabar.com/news/28578
Read more at: http://thahakhabar.com/news/28578