
बाजुरामा प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित १६ जनालाई नियन्त्रणमा लिएको छ ।
गौमुल गाउँपालिका-३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३ राउण्ड गोली, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, एउटा प्रेशरकुकर बम, इलेक्ट्रोनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात बरामद गरेको छ ।