1188 views 3 secs 0 comments

दैलेख१ ‘क’मा रेग्मी १० हजार मतसहित विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०४

मंसिर २३, २०७४-दैलेख निर्वाचन क्षेत्र नं १ ‘क’को प्रदेशसभा सदस्यमा धर्मराज रेग्मी निर्वाचित भएका छन् ।

  वाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार धर्मराज रेग्मीले निकटतम प्रतिद्वन्दी कांग्रेस पार्टी सभापति कृष्णकुमार विसीलाई १५ सय ९७ मतान्तरमा पराजित गरेका छन् । रेग्मीले १० हजार ३ सय ६१ मत आएको छ भने कृष्णकुमार विसीले ८ हजार ७ सय ६५ मत ल्याएका छन् । २० हजार ५ सय ९१ मत खसेकोमा ११ सय ७२ मत बदर भएको छ ।

धर्मराज रेग्मी कानुन व्यवसायी हुन् भने कृष्णकुमार विसी नेपाली कांग्रेसको २ कार्यकालका निर्वाचित अध्यक्ष हुन् ।

http://bit.ly/2AI400e