959 views 0 secs 0 comments

कसरी चल्छन् लामोदुरीको यातायात…? शर्त हरु यस्ता छन्

In देश
३१ भाद्र २०७७, बुधबार ०७:५१

* सवारी साधनमा ५० प्रतिशतमात्रै यात्रुहरु राख्न पाइनेछ ।
* भौतिक दुरी कायम हुने गरी एक पंक्तिको सीटमा एकजनामात्रै यात्रु राख्नुपर्ने छ । सीटबाहेक यात्रुहरु राख्न पाइने छैन ।
* सबै यात्रुहरुले मास्क अनिवार्यरुपमा लगाउनुपर्नेछ ।
* यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारीसाधनभित्र अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।
* लक र सहचालकले मास्क, भाइजर र पञ्जाहरु लगाउनुपर्नेछ । सवारी साधनलाई दैनिकरुपमा डिसइन्फेक्सन गरिरहनुपर्नेछ ।
* यो अवस्था रहँदासम्म तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशतसम्म सवारी साधनका सञ्चालकहरुले लिन पाउनुहुनेछ ।
* यस सम्बन्धमा भौतिक पूर्वाधार र यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदण्डहरु बनाउन सक्नेछन् र ती मापदण्डहरुको अनिवार्यरुपमा पालना गर्नु सवारी चालकहरु र यात्रुहरुको कर्तव्य हुनेछ । र, यसको अनुगम यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्नू/गराउनुपर्नेछ ।
*  संक्रमणको जोखिम बढ्दै गयो भने रिस्कको एनालाइसिस गरेर स्थानीय प्रशासनले आवश्यक थप निर्णयहरु गर्न सक्नेछ । (अर्थात, यातायात सञ्चालनमा रोक लगाउन सक्नेछ)