597 views 0 secs 0 comments

वेदघारी सामुदायिक वन क्षेत्रमा एउटा बाघ मृत फेला…

In देश
९ पुष २०७६, बुधबार १४:०१

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत वेदघारी सामुदायिक वन क्षेत्रमा एउटा बाघ मृत फेला परेको छ ।
राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने वनमा वयस्क बाघ मृत फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरीले जानकारी दिए ।
घाँसकाट्न गएका स्थानीयबासिन्दाले देखेपछि निर्मल ठोरी उपभोक्ता समितिमार्फत बाघ मृत फेला परेको खबर पाएर घटनास्थल पुगेको चौधरीले बताए । ‘मृत अवस्थामा फेला परेको बाघको शरीरभरी नै घाउ छन्,’ ‘व्यस्यक बाघहरु एक आपसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भीक अनुसन्धानको क्रममा देखिन्छ ।’