521 views 0 secs 0 comments

महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा  ठोक्किदा एक जनाको मृत्यु…

In समाज
९ पुष २०७६, बुधबार १४:१४

महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा  ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने एकको अवस्था गम्भीर रहेको छ ।
बुधबार बिहान बर्दिबास काठमाण्डौं–सडक खण्डको विपी राजमार्ग अन्र्तगत  बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको  ग ६ प १७८९ नम्बरको स्पेण्डर  मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले बर्दिबास नगरपालिका वडा नं ३ पाटु भन्ने स्थानमा ठक्कर दिँदा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० लङ्गुर खोलाका २५ वर्षीय सरोज तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।