738 views 0 secs 0 comments

सुनको मूल्य एकै दिन तोलामा १४ सय रुपैयाँले घट्यो…

In देश
२० भाद्र २०७६, शुक्रबार १७:३८

सुनको मूल्य एकै दिन तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार यो गिरावट आएको हो ।
महासंघले शुक्रबारको लागि छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ७२ हजार रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भईरहेको छ ।
बिहिबार छापावाल सुनको मूल्य ७३ हजार ४ सय र तेपाजी ७३ हजार १० सय कायम थियो । शुक्रबार चँँदीको प्रतितोला ४० रुपैयँँले घटेर ९ सय रुपैयाँमा झरेको छ ।