685 views 0 secs 0 comments

दुई हजार घुस लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ…

In देश
२ माघ २०७६, बिहीबार १४:१३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जम्मा दुई हजार रुपैयाँ घुस/रिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।
आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।
कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत छन् ।