
नर्विच सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीमाथि सनसनीपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टिम नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको हो । नर्विचको जितमा केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरे । यता, म्यान्चेस्टर सिटीका लागि भने सर्जियो अगुइरो र रोड्रिगोले गोल गरे ।
नर्विच सिटीले खेलको १८औं मिनेटमा नै अग्रता लिन सफल भयो । उसका लागि म्याकलिनले गोल गरेका थिए । खेलको २८औं मिनेटमा क्यान्टवेलले गोल गरेपछि म्यान्चेस्टर सिटीविरुद्ध नर्विच सिटी २–० गोलले अघि रह्यो । खेलको ४५औं मिनेटमा अगुइरोले गोल गरेपछि म्यान्चेस्टर सिटी पहिलो हाफमा २–१ गोलले पछि परेको थियो ।