
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले विपन्न गरिब बिरामीहरुको निशुल्क डेङ्गी परिक्षण सुरु गरेको छ।
अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्दैशक प्रोफेसर डा. दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेङ्गी परीक्षण गर्ने किट हस्तान्तरण गर्दै निशुल्क परीक्षण सुरु गरिएको घोषणा गरे।
दशैका अधिकांश जिल्लामा डेंगीले महामारीको रुप लिएका बेला स्थानीय सरकार भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधलाई ध्यानमा राख्दै अस्पतालले सामाजिक अभियान अन्तर्गत निशुल्क डेङ्गी परीक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा. हरिश्चन्द्र न्यौपानले जानकारी दिए।
नियन्त्रणमा सहयोग पुर्यायउने उद्देश्यले एक हजार जना बिपन्न बर्गहरुलाई निशुल्क डेङ्गी परिक्षण गराईने अस्पातलका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।