
बेझाड । दुवै मिर्गौला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ।
पाल्पा रामपुर नगरपालिका वडा नं ९ जब्गादी घर भई हाल बुटवलमा बसोवास गर्दै आएका मिलनको दुवै मिर्गौलाले काम नगरेपछि उनको उपचारमा समस्या परेको हो।
परिवारको आर्थिक अवस्था नाजुक हुँदा मिलनको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग परिवार, आफन्तले अनुरोध गरेका छन्। उनको अहिले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचार भइरहेको आफन्त दिलमाया नेपालीले बताए।
“परिवारको अवस्था नाजुक छ, साँझबिहानको गुजारा चलाउन पनि धौधौ छ, मिलनको उपचारका लागि ठूलो रकम लाग्ने अस्पतालले भनेपछि उपचारमा समस्या परेको छ”, उनले भने।