
पाँचथर — संघीय सरकारले अाजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेकाे छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागअन्तर्गत पाँचथरबाट परिचयपत्र वितरण सुरु गरिन लागेकाे हाे ।गृहमन्त्री रामबहादुर थापाले सोमबार फिदिममा आयोजना हुने राष्ट्रिय कार्यक्रममा १०२ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र दिने अनि आफ्नो परिचयपत्र भण्डारीकै हातबाट ग्रहण गर्दै कार्यक्रम शुभारम्भ गर्नेछन् ।विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कार्यक्रममा गृहमन्त्री, गृहसचिवसहित १ नम्बर प्रदेश प्रमुख, आर्थिक मामिला तथा योजनामन्त्रीलगायतको उपस्थिति रहनेछ ।
हालसम्म पाँचथरका ५२ हजार सर्वसाधारणसहित सिंहदरबारका ३५ सय कर्मचारीको विवरण परिचयपत्रका लागि संकलन भइसकेको छ।