569 views 0 secs 0 comments

केपी ओलीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टिकरण

In देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:२५

काठमाडौं : निर्वाचन आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच दैनिक पत्रिकासँग २४ घण्टे स्पष्टिकरण मागेको छ । मंगलबार पाँच दैनिक पत्रिकामा आचारसंहिता विपरित ओलीको तस्बिर र एमालेको चुनाव चिन्हसहितको विज्ञापन प्रकाशित भएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण मागेको हो।

‘आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागु गरिएको निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (ख१) को उपखण्ड (२) विपरित मिति २०७४ ०८ १२ गतेका कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिकलगायत पत्रिकामा पार्टीका अध्यक्ष श्री केपी शर्मा ओलीज्यूको तस्बिरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गारौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञिप्तिमा भनिएको छ, ‘उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्नुहुन अनुरोध छ ।’ Image may contain: text