254 views 0 secs 0 comments

मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ह्वातै बढे…

In देश
६ पुष २०७८, मंगलवार १५:४०

मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्र दुई लाख ७६ हजार ९१६ ग्राहक थपिँदै कुल संख्या १ करोड ५४ लाख ३० हजार ३७९ पुगेको हो । गत असोजमा यस्तो संख्या १ करोड ५१ लाख ५३ हजार ४६३ रहेको थियो ।
यस्तै, पछिल्लो महिना इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ५ हजार २९७ ले वृद्धि हुँदै १२ लाख ६३ हजार ८८३ पुगेको बैंकले जनाएको छ । समीक्षा अवधिमा विद्युतीय भुक्तानी साधन वालेट प्रयोगकर्ताहरुको संख्या दुई लाख १० हजार २३६ ले वृद्धि हुँदै १ करोड २ लाख ३९ हजार ७ पुगेको बैंकले जनाएको छ ।
यस्तै, डेबिट (एटीएम) कार्ड प्रयोगकर्ताहरु ९३ लाख ६९ हजार ६७८ बाट बढेर ९५ लाख ६५ हजार २४ पुगेको र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या दुई लाख ४ हजार ९५६ बाट बढेर दुई लाख ७ हजार ६१५ पुगेको बैंकले जनाएको छ ।