
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटना हुँदा २४ जनाले मृत्यु भएको छ। गोमा सहरस्थित घरहरूमा ठोकिएर विमान दुर्घटनामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सदस्य थिए।
अन्य ५ जना घरमा र त्यसवरपर रहेका मानिसको मृत्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर- २२८ विमान दुर्घटना भएको हो। विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन भने विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन।