आज मंगलबार उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

In स्वास्थ्य/जीवनशैली
९ बैशाख २०७७, मंगलवार १८:४०

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपाली कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको हो ।
उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत मंगलबार उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।