
सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरकी ३० वर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ। मंगलवार दिउँसो २ बजे घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसेको थियो।
उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, सुनसरीकै हरिनगर गाउँपालिका-१ की ५५ वर्षीया सहिदान खातुनको पनि सर्पको टोकाइबाट मृत्यु भएको छ।
मंगलवार राति सवा ९ बजे घरछेउमै बिषालु सर्पले डस्दा घाइते भएकी खातुनलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा अस्पताल पर्यानासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।