459 views 0 secs 0 comments

काठमाडौंको कपनका साथी साथीबीच झडप हुँदा एक जनाको मृत्यु…

In समाज
१८ भाद्र २०७६, बुधबार १०:४०

काठमाडौंको कपनका साथी साथीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति कपनको आदर्शनगर चोकमा एक होटलमा बसेर खाजा खाँदै गर्दा भनाभन हुँदा भएको झडपमा खोटाङका संजय राईको मृत्यु भएको बौद्धका डीएसपी नरेन्द्र चन्दले नेपाललाई जानकारी दिए।
‘साथीहरु बसेर खाँदै गर्दा सामान्य विवाद भएपछि हात हालाहाल हुँदा एक जनाको मृत्यु भएको छ,’ डीएसपी चन्दले डिसी नेपालसँग भने, ‘बाँकी दुई जनालाई नियन्त्रणमा लिइएको छ।