
जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।