528 views 0 secs 0 comments

बुधबार सुनको मूल्य एक हजारले बढ्यो….

In देश
१८ भाद्र २०७६, बुधबार ११:४३

बुधबार सुनको मूल्य एक हजारले बढेको छ। यस्तै चाँदीको मूल्य रु ४५ ले बढेको छ ।

मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ ।
यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ४५ बढेर ९४० मा कारोबार भएको हो ।