546 views 0 secs 0 comments

प्रहरी हिरासतभित्रै एक अभियुक्तको मृत्यु

In देश, समाज
२३ पुष २०७४, आईतवार १६:१०

दमक : झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आइतबार बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए । उनीसँगै हिरासतमा अन्य दुई कैदीसमेत रहेको बताइएको छ । इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक नारायण गौतमले यादवले आत्महत्या गरेको बताए ।