477 views 0 secs 0 comments

बझाङको कालंगाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चार जना मजदूरको शव फेला…

In समाज
१९ कार्तिक २०७६, मंगलवार १२:२६

बझाङको कालंगाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चार जना मजदूरको शव फेला परेको छ।
सुरूङभित्र काम गर्न आइतबार दिउँसो गएका छ जना मजदूरमध्ये चार जना सम्पर्कविहीन थिए भने दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्केका थिए।
सोमबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरूङभित्रबाट चार जनाको शव निकालेका हुन्।

दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी सुरूङभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।