477 views 0 secs 0 comments

उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम, पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने…

In देश
१९ कार्तिक २०७६, मंगलवार ११:३७

महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट नयाँ नियम लागू गर्ने निर्णय भएको हो । जसअनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ ।
यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ ।
१५ दिनभित्र यी नियम लागू गरिने महाशाखाले जनाएको छ ।