महिलालाई पटक पटक फोन गरेर जिस्क्याएको अभियोगमा बारा प्रहरीले दुई युवालाई पक्राउ गरेको हो ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ की ती महिलालाई फोन गरेर जिस्क्याउनुका साथै अभद्र व्यवहार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले बारा देवताल गाउँपालिका २ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादवलाई पक्राउ गरेको हो ।