608 views 0 secs 0 comments

५८ वर्षीय वृद्धले १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ…

In समाज
२४ श्रावण २०७६, शुक्रबार १८:१६

आफूभन्दा ४२ वर्ष कान्छी १६ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन देखाई करणी गरेर पाँच महिनाको गर्भवती बनाएको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका–५, सखुबनी निवासी ५८ वर्षीय सूर्यबादुर स्याङ्बोलाई स्थानीय १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

स्याङ्बोले ति किशोरीलाई एक वर्षदेखि विभिन्न प्रलोभन देखाई शारीरिक सम्वन्ध राख्दै आएको प्रहरीले जनाएको छ। पीडितको जाहेरीका आधारमा स्याङ्बोलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्धामा कारबाही प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। पीडित बालिकाको पेटमा पाँच महिनाको गर्भसमेत रहेको प्रहरीले जनाएको छ।