समाज
१६ मंसिर २०७६, सोमबार १६:५०
613 views 0 secs 0

पोलमा तार जोडिरहेको क्रममा अचानक पोलमा लाइन आएर करेन्ट लाग्दा मजदुरको मृत्यु…

माधव नारायण नगरपालिका वडा–३ भेलहीका २४ वर्षीय रामप्रवेश पासवानको गएराति वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ठेकदार रामकृत साहले बताएका छन । हिजो आइतवार दिउँसो ११ बजे जिंगडवा र लक्ष्मीनिया गाँउको बीचमा रहेको पोलमा तार जोडिरहेको क्रममा अचानक पोलमा लाइन आएर पाश्वानलाई करेन्ट लाग्दा उपचारको लागी वीरगञ्ज लगिएको थियो  । विद्युतको पोलमा तार जोडने […]

समाज
१६ मंसिर २०७६, सोमबार १५:०८
904 views 0 secs 0

पर्साको छिपहरमाई एक जना वृद्ध मृत फेला…

पर्साको छिपहरमाई गाउँपालिका-५ भिष्वामा एक जना वृद्ध मृत फेला परेका छन् । परिचय खुल्न नसकेको तराईमूलको बासिन्दा जस्तो देखिने करिब ७० वर्षीय वृद्ध आइतबार मृत भेटिएको पर्सा प्रहरीले जनाएको छ । मागेर हिँड्ने पुरुष ब्याक्ति अचेत अवस्थामा छ भन्ने सूचनाको आधारमा घटनास्थल पुग्दा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरिया, […]

समाज
१६ मंसिर २०७६, सोमबार १४:४९
554 views 0 secs 0

अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु…

सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो । घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ ।

समाज
१६ मंसिर २०७६, सोमबार १३:५६
520 views 1 sec 0

मकवानपुरमा २५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ…

मकवानपुरमा २५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पेट्रोल भर्ने ट्यांकीभित्र राखेर हेटौंडातर्फ ल्याउँदै गरेको चरेससहित त्रिभुवन राजपथको हेटौंडा-पालुङ खण्डबाट प्रहरीले बा२५प ८७८३ नम्बरको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत बिहान मोतिहारी सिसुवा-२ का २५ वर्षीय राजेश यादव र भारत मोग्लेसपुरका १८ वर्षीय ऋषिकु्मार यादव रहेका छन् । […]

समाज
१६ मंसिर २०७६, सोमबार ०९:४०
635 views 0 secs 0

भक्तपुरमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु…

भक्तपुर नगरपालिका १ सृजनानगरमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजेको समयमा बा ३ ख २५३१ नम्बरको ट्रिपरले सर्भिस लाइनमा ठक्कर दिँदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि.क.को मृत्यु भएको हो । उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति ९ बजेतिर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ […]

समाज
१५ मंसिर २०७६, आईतवार १३:२६
539 views 0 secs 0

भिडको मौका छोपेर पाकेटमारी गर्ने डेढ् दर्जन व्यक्ति पक्राउ…

भिडको मौका छोपेर पाकेटमारी गर्ने डेढ् दर्जन व्यक्ति जनकपुरधामबाट आइतबार बिहान पक्राउ परेका छन् । नेपाल तथा सशस्त्र प्रहरीको टोलीले जनकपुधामको बिभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश महिला छन् । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन् । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश […]

समाज
१५ मंसिर २०७६, आईतवार १२:३५
730 views 0 secs 0

तनहुँमा आतंक मच्चाउने फेरि अर्को चितुवा खोरमा…

तनहुँको भानु नगरपालिका-३ मा फेरि अर्को चितुवा खोरमा परेको छ । नगरपालिकाको रिडिपानीस्थित धराने कालिका सामुदायिक वनमा थापिएको परम्परागत खोरमा शनिबार राति चितुवा खोरमा परेको हो । सामुदायिक वन उपभोक्ता समितिले वनभित्र खोर बनाइ बाख्रा राखेर पासो थापेको थियो । करिब ५५ किलो तौल भएको पोथी चितुवा खोरमा परेको वडा अध्यक्ष दलनारायण श्रेष्ठले बताएका छन् । […]

समाज
१५ मंसिर २०७६, आईतवार १०:४१
526 views 0 secs 0

पोखरामा नाली खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु…

पोखरा महानगरपालिका–२० मौजाको विसौनामा नाली खन्ने क्रममा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पुरिएका ५ मध्ये २ जनाको शव फेला परेको छ ।  आइतबार बिहान ८ः४५ बजे सडकको रिटेनिङ वाल लगाउन सडक खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो ।  बाँकीको उद्दारका लागि प्रहरी टोली घटनास्थल जाँदै […]

समाज
१५ मंसिर २०७६, आईतवार ०८:१०
535 views 0 secs 0

शव बोकेरको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु…

विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी शिवमाया राईको शव बोकेर उदयपुर जाँदै गरेको ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो । सुनसरीका […]

समाज
१४ मंसिर २०७६, शनिबार १७:३६
680 views 1 sec 0

पार्किङ गरी राखेको गाडी अचानक गुड्दा एक जनाको मृत्यु…

काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठाेक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा […]